Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सेती नदी जलविद्युत आयोजनालाई एचआइडिसिएलले २० करोड लगानी गर्ने

काठमाडौं, २४ पुस । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले कास्कीमा निर्माण भइरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाका लागि २० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

आज एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनीका अध्यक्ष जगत बहादुर पोखरेलल लगानी सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सो कार्यक्रममा अध्यक्ष पोखरेलले कामको तीब्रता, पारदर्शीता र गुणस्तारलाई हेरेर ऋण लगानी गर्नु आयोजनाकै लागि ठूलो सफलताको विषय भएको बताए । उनले आयोजनाको काम तोकिएकै समयमा सक्ने प्रतिवद्धता पनि जनाए । कास्कीको माछापुछ्रे गाउँपालिका–२ मा निर्माण भइरहेको आयोजनाको हाल झन्डै १५ प्रतिशत काम सकिएको छ। यो आयोजना निर्माणका लागि गत असार १ गते ‘जेनेरेशन लाइसेन्स’ प्राप्त भएको थियो । उक्त मितिले २७ महिनाभित्रमा आयोजनाबाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ ।

करिब ५ अर्ब रुपैयाँ लगानी हुने उक्त आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी र ऋण लगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट यसअघि नै बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौता भइसकेको छ । आयोजनामा एनएमबी बैंकले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड गरी ३ अर्ब ५० करोड लगानी गर्ने भएका छन् । आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । बाँकी ३० प्रतिशत १ अर्ब ५० करोड रकम प्रवर्द्धकका तर्फबाट लगानी गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x