लक्ष्मी बैंकको साढे ११ प्रतिशत लाभांश पारित
काठमाडौं, २८ पुस । लक्ष्मी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित साढे ११ प्रतिशत लाभांश पारित गरेको छ । सभाले हाल कायम चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध चयन गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७६र७७ मा १ खर्ब रुपैयाँ निक्षेप संकलनगरी ८९ अर्ब रुपैयाँ कर्जा पु¥याएको थियो भने वासलातको आकार १ खर्ब २८ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकले सो आ.व. १ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।