Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

मेगा बैंकको १३.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारण सभाबाट पारित

मेगा बैंकको १३.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारण सभाबाट पारित

काठमाडौं, २९ पुस । मेगा बैंकको दशौं साधारण सभाले शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न साधारण सभाले गत वर्षको सञ्चित नाफा र वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ३२ करोड २६ लाख रुपैयाँ रहेको छ ।

बैंैकले चालू आर्थिक वर्ष २०७७–०७८ को त्रैमासमा १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै हाल यस बैंकले २ सय ६० शाखा, ३४ एक्सटेन्सन काउन्टर, १ सय ४१ एटिएम मेसिनहरु तथा ८९ वटा शाखारहित बैंकिङ्ग मार्फत वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *