Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेञ्चुरी कमर्सियल बैंकको नवौं र दशौं साधारण सभा सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकको नवौं र दशौं साधारण सभा सम्पन्न

काठमाडौं, २९ पुस । सेञ्चुरी कमर्सियल बैंकको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आर्मी अफिसर्स क्लवमा सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ७.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर २.२५ प्रतिशत नगद लाभांस रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ ।

यस्तै सोही साधारण सभाले संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना संचालक पनि चयन गरेको छ भने बैंकसँग अन्य कुनै उपयूक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ती सम्झौता गर्ने सम्बन्धि अख्तियारी पनि संचालक समितिलाई दिएको छ ।

स्थापनाको १० औं वर्षमा प्रवेश गरेको यस बैंकले मुख्य कार्यालय सहित १ सय १५ शाखाहरु, १० वटा एक्सटेन्सन काउन्टर, २१ वटा शाखारहित बैंकिङ्ग र ८८ वटा एटिएम मार्फत ६ लाख १५ हजार भन्दा बढी ग्राहकलाई वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x