पूर्वाधार विकास बैंकको सिईओको जिम्मेवारी खतिवडालाई
काठमाडौं, २९ पुस । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । सिईओ अनिल ज्ञवालीले बैंक छोडेपछि रिक्त सो पदमा उनलाई हिजो बसेको संचालक समिति बैंठकले जिम्मेवारी दिएको हो ।
उनी बैंकको संचालक समितिमा थिए ।
खतिवडाले यसअअघि विद्युत नियमन आयोगको सदस्यको रुपमा समेत काम गरिसकेका छन् । त्यसअघि उनी एस क्यापिटलमा थिए । उनीसँग लगानी बोर्डमा पनि परामर्शदाताको रुपमा काम गरेको अनुभव छ ।
२० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकमा सरकारको १० प्रतिशत लगानी छ । बैंकले ठूला आकारको निक्षेप संकलन तथा ठूला पूर्वाधारको क्षेत्रमा कर्जा प्रवाह गर्छ ।