Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

भारत सरकारले गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण गर्ने

भारत सरकारले गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण गर्ने

काठमाडौं, २४ फागुन । २०७० साल बैंशाख १२ को महाभुकम्पले क्षती पु¥याएका नुवाकोट र गोरखाको ५० हजार घर भारत सरकारले पुनर्निर्माण गरिदिने भएको छ ।

युएनडीपी र युएन ओपीएसले पुनर्निर्माणका लागि सामाजिक एवं प्राविधिक सहयोग प्रदान गर्ने सम्झौता भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमबा बीच नेपालका लागि भारतीय दुतावासका उपप्रमुख डा अजय कुमार, युएनडीपीका रेनौड मेयर र युएनओपीएस एसीयाका क्षेत्रिय निर्देशक संजय माथुरले हस्ताक्षर गरे । यी दुई जिल्लाका ५० हजार घर पुर्ननिर्माणका लागि भारत सरकारले भन्डै १ अर्ब ६२ करोड अनुदान सहयोग गर्ने छ ।

सो अवसरमा बोल्दै राष्ट्रिय पुर्ननिर्माण पा्रधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प पिडितलाई घर पुर्ननिर्माणमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x