Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

७ औं अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीमा सुरु, तीन सय स्टलमा स्वदेश एवं विदेशी बस्तु तथा सेवाको प्रर्दशन

७ औं अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीमा सुरु, तीन सय स्टलमा स्वदेश एवं विदेशी बस्तु तथा सेवाको प्रर्दशन

काठमाडौं, २४ फागुन । काठमाडौंको भृकुटीमण्डपमा आज देखि ७ औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपालमा अनुकुल वातावरण बनेको बताए । उनले देशमा औधोगीकरण र आधुनीकीकरण जरुरी रहेको भन्दै अहिलेको सरकार देश र जनताप्रति उत्तरदायि भएर काम गर्ने बताए । निजी क्षेत्रलाई उचित संरक्षण र प्रोत्साहन गर्नका लागि सरकार अवश्यक सहकार्य गर्न तयार रहेको पनि प्रधानमन्त्री ओलीको भनाई थियो ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले निर्यात प्रवद्धन नै सरकारको प्रमुख एजेन्डा रहेको बताए । यस्ता मेलाले नेपालको निर्यातजन्य बस्तुको क्षमता बारे जानकारी दिने पनि उनले बताए । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आर्थिक समृद्धिको अभियान देशको राष्टिय अभियान भएकाले यस अभियानमा साथ दिन सबैसँग आग्रह गरे । नेपालको अर्थतन्त्र छाता जस्तो नभइ पिरामिड आकारमा हुनुपर्ने भन्दै उनले सबैले आ–आफ्नो क्षेत्रबाट आफुलाई रुपान्तरण गरी देश र जनता प्रती सर्मपित हुन पनि मन्त्री यादवले सुझाए ।

महासंघले हरेक वर्ष ८ मा यस्तो मेला आयोजना गर्ने गरेको छ । फागुन २८ गते सम्म चल्ने मेलामा नेपाल सहित चीन, भारत, बंलादेश, पाकिस्तान लगायतका मुलुकका विभिन्न उत्पादनको तीन सय स्टल रहेको छ । मेला अवधीभर स्वदेशी एवं विदेश दुई लाखले अवलोकन गर्ने आयोजकले जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x