गरिमा विकास बैंकको बुक क्लोज १२ देखि ३० गतेसम्म
काठमाडौं, ५ माघ । गरिमा विकास बैंकको १४ औं वार्षिक साधारणसभा यही माघ ३० गते हुने भएको छ । पोखरामा हुने उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको हाल कायम रहेको चुक्तपूँजीको १३.५ प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने छ ।
बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ रहेको छ । ४३ करोड ७२ लाख रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ पुग्नेछ । यस्तै सभाले गत आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिने बैंकले जनाएको छ ।
साधारणसभा प्रयोजनको लागि यही माघ १२ गतेदेखि ३० गतेसम्म शेयर दर्ता पूस्तिका बन्द (बुक क्लोज) गर्ने बैंकले जनाएको छ ।