Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल इन्भेष्टमेण्ट बैंकले ४ अर्बको बन्ड १६ गतेदेखि बिक्री गर्ने

नेपाल इन्भेष्टमेण्ट बैंकले ४ अर्बको बन्ड १६ गतेदेखि बिक्री गर्ने

काठमाडौं, ८ माघ । नेपाल इन्भेष्टमेण्ट बैंकले माघ १६ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको बन्ड बिक्री गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेण्ट बैंक बन्ड २०८४’ जारी गर्न लागेको हो ।

प्रतिइकाई १ हजार रुपैयाँको दरले ४० लाख इकाई बन्ड बिक्री गर्न लागेको जानकारी दिएको छ। यसमध्ये १६ लाख इकाईमा सर्वसाधारणका लागि र बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । त्यसको वार्षिक ब्याजदर ८.५ प्रतिशत हुने छ ।

यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । इच्छुक लगानीकर्ताले छिटोमा माघ २० गते र ढिलोमा ३० गतेसम्म आवेदन दिन सक्ने छन् । न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x