सोनापुर मिनरल्स् एण्ड आयल सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं, ९ माघ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी भएको बताइएको छ।
उक्त सम्झौतामा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडका प्रबन्धक सञ्चालक निपेश तायल र क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । यस कम्पनीले २ करोड कित्ता शेयर स्थानियबासिन्दा तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्न लागेको छ ।