Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

वैदेशिक व्यापार घाटामा ५.८० प्रतिशत सुधार

वैदेशिक व्यापार घाटामा ५.८० प्रतिशत सुधार

काठमाडौं, ९ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी वस्तुको आयातमा कमी र निर्यातमा वृद्धि हुँदा मुलुकको व्यापार घाटामा सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

चालू आवको ६ महिनाको तथ्याङ्क अनुसार ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । यस्तै ६ महिना अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

तथ्याङ्क अनुसार यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ ।

चालू आवको पुस महिनामा मात्र एक खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले एक खर्ब ८७ अर्ब राजस्व सङ्कलन गरिसकेको छ । यो वर्ष विभागले चार खर्ब ४० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x