वाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव सदनमा पेस
काठमाडौं, ९ माघ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका
थिए ।
गत पुस १०मा सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुको हस्ताक्षरसहित पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।
उक्त प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक स्थगित गरिएको छ । अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ ।