Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

महासंघका पूर्व अध्यक्षहरुलाई विभिन्न समितिको जिम्मेवारी, विद्यान संशोधन समितिमा जोशी

महासंघका पूर्व अध्यक्षहरुलाई विभिन्न समितिको जिम्मेवारी, विद्यान संशोधन समितिमा जोशी

काठमाडौं, १५ माघ । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी दिएको छ । महासंघलाई आजको अवस्थासम्म ल्याई पु¥याउन निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै जिम्मेवारी दिएको जनाएको छ।

निवर्तमान अध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–भारत बिजनेश फोरमको जिम्मेवारी दिइएको छ। पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाकार समिति, पद्य ज्योतीलाई व्यवायीक आचार संहिता फोरमको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदीपकुमार श्रेष्ठलाई एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज, बिनोद बहादुर श्रेष्ठलाई नेपाल–चीन नन् गभर्नरमेन्ट को–अपरेसन फोरम, रविभक्त श्रेष्ठलाई अनुशासन समिति, कुशकुमार जोशलाई विधान संशोधन समिति र सुरज बैद्यलाई अन्तर्राष्ट्रिय फोरमको जिम्मेवारी दिएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाले उनीहरुलाई जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै वर्तमान कार्यकारिणी समितिलाई पूर्व अध्यक्षबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *