काठमाडौं उपत्यका बाहिरवाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत
काठमाडौं, १६ माघ । नेपाल बैंकर्स संघ काठमाडौं उपत्यका बाहिरवाट पनि सुन वितरणगर्न सहमत भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुवीच बिहिबार भएको छलफलमा यस्तो सहमति भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र बैंकर्ष संघवीचको छलफलमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका बाहिरवाट सुन वितरण नगरिँदा ब्यवसायीहरुले दुःख खेप्नु परेको भन्दै यथासिघ्र उपत्यका वाहिरका तोकिएका स्थानहरुवाट समेत सुन वितरणको ब्यवस्था मिलाउन आग्रह गरेका थिए ।
त्यसक्रममा बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल लगायत संघका पदाधिकारीहरुले ब्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताएका छन् ।