Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, ५० कित्तासम्म आवेदन दिनेलाई मागेजति नै बाँकीलाई ६० कित्ता

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, ५० कित्तासम्म आवेदन दिनेलाई मागेजति नै बाँकीलाई ६० कित्ता

काठमाडौं, १६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज एक कार्यक्रमबीच आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा ५० कित्तासम्म आवेदन दिनेले मागेजति नै शेयर पाएका छन् । बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता सहित ६० कित्ता शेयर पाएका छन् ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य छन् । माघ २ गतेदेखि ६ गतेसम्म कम्पनीले अहिलेसम्मकै ठूलो ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x