Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बल्खु तरकारी र कुलेश्वर फलफूल बजारमा क्यूआर कोर्ड मार्फत भुक्तानी सुरु

बल्खु तरकारी र कुलेश्वर फलफूल बजारमा क्यूआर कोर्ड मार्फत भुक्तानी सुरु

काठमाडौं, १६ माघ । बल्खु तरकारी बजार र कुलेश्वर फलफूल बजारमा पहिलो पटक डिजिटल कारोबार सुरु भएको छ । नविल बैंकले कुलेश्वर फलफूल बजार र एनएमबि बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोर्डमार्फत भुक्तानी सेवा सुरु गरेका हुन ।

आज छुट्टा छुट्टै कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले थालनी गरेको क्युआर कोर्ड भुक्तानी सेवाको उद्घाटन गरेका हुन । प्रविधिको विकाससँगै राष्ट्र बैंकले लिएको क्यास लेस कारोबारलाई सबैले आत्मासाथ गरेर सहयोग गर्न गभर्नर अधिकारीले आग्रह गरे । गभर्नर अधिकारीले भने, ‘म नोटमा हस्ताक्षर गर्ने पदमा छु । तर, मेरो उद्देश्य दिगो नीति बनाउँने हो । मैले हस्ताक्षर गरेको नोट तपाईहरुको हात हातमा जाओस भन्ने मलाई छैन् । तपाईहरुलाई सहज बनाउँने मेरो लक्ष्य हो ।’

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले क्युआर कोर्डको प्रयोगले व्यवसायीको कारोबारलाई व्यवस्थित गर्ने बताए । व्यवसायीले क्यासको कारोबार गर्दा अनेकौं झन्झट हुँने भएकाले क्युआर कोर्डबाट कारोबार गर्दा रकम बैंकमा सिधै जम्मा हुने र बचतमा पनि सहयोग हुने उनको भनाई छ ।

यस्तै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पनि राष्ट्र बैंकले लिएको डिजिटल बैंकिङ्ग सम्बन्धी नीतिलाई सहयोग पुग्ने गरी बैंकले काम गरिरहेको बताए । बल्खु तरकारी बजारका सञ्चालक मोहन कुमार बस्नेतले क्यूआर कोर्डको प्रयोगले अनियमिता रोकिने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x