Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा १ अर्ब ७४ करोड

दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा १ अर्ब ७४ करोड

काठमाडौं, १६ माघ । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा रू. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड थियो ।

यस अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी ४ अर्ब ५० करोड, शेयरधनी कोष २५ अर्ब ४७ करोड र लगानी ७४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तमा बैंकको ग्रहाक निक्षेप २ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी रु. ३८.८४ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x