सबैको लघुवित्तले ११.०५ प्रतिशत लाभांश दिने
काठमाडौं, १८ माघ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।