Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गरिमा विकास बैंकद्वारा नयाँ कर्जा सुविधा सार्वजनिक

गरिमा विकास बैंकद्वारा नयाँ कर्जा सुविधा सार्वजनिक

काठमाडौं, १८ माघ । गरिमा विकास बैंक लिमिटेडले नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत ‘गरिमा ईजी एसएमई लोन’ र ‘गरिमा ईजी होम लोन’ सार्वजनिक गरेको हो ।

दुबै कर्जा सुविधा ८.८८ प्रतिशत ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ । धितो मुल्याङ्कनको शतप्रतिशत ‘गरिमा ईजी एसएमई लोन’मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म ‘गरिमा ईजी होम लोन’ मा कर्जा प्रवाह गर्न सकिने छ । साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुबिधा पाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालय र ५१ एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x