Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती लिंक गर्दा १ सय रुपैयाँ बोनस पाउने

बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती लिंक गर्दा १ सय रुपैयाँ बोनस पाउने

काठमाडौं, १९ माघ । बैंक अफ काठमाण्डूका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा एक सय रुपैयाँ बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउने भएका छन् ।

ग्राहकहरुले बैंक अफ काठमाण्डूको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै एक सय रुपैयाँ बोनस प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ। यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डूको मोबाईल बैंकिङ्गको प्रयोगकर्ताहरुले मात्र सहभागी हुन सक्ने व्यवस्था छ ।

ग्राहकहरुले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेट मार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *