Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

चन्द्रागिरी हिल्सको शेयर आजबाट दोस्रो बजारमा किनबेच हुने

चन्द्रागिरी हिल्सको शेयर आजबाट दोस्रो बजारमा किनबेच हुने

काठमाडौं, २५ माघ । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर माघ २५ गते आइतबार (आज) देखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । कम्पनीले शुक्रबार नेपाल स्टक एक्सचेन्जमा शेयर सूचीकरण गराएसँगै आजबाट शेयर दोस्रो बजारमा कारोबारमा आउने भएको हो । नेप्सेले यो कम्पनीलाई सीजीएच कोड प्रदान गरेको भने अन्य समुहमा समावेश गरेको छ ।

चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९६.६९ रुपैयाँ देखि २९०.०७ रुपैयाँ रेन्ज तोकेको छ । आइतबार प्रि–ओपन सेसनमा यदि यो रेन्जभित्र चन्द्रगिरीको शेयर किनबेच भयो भने नियमित समयमा पनि कारोबार खुला हुनेछ ।

चन्द्रागिरीको आईपीओ १ लाख ३९ हजार ६०२ जनाको हितग्राही खातामा पठाइसकेको छ । चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x