गत वर्ष भन्दा डिप्रोक्सको लाभांश १० प्रतिशत कम
काठमाडौं, २९ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिने छ । गत वर्ष डिप्रोक्सले ३०प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिएको थियो ।
बोनस वितरणपछि लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ पुग्नेछ ।