चालू वर्षको आर्थिक बृद्धि अधिकतम ४ प्रतिशत हो : अर्थशास्त्री केशव आचार्य (भिडियो सामाग्री)
काठमाडौं, ३ फागुन । अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७७–०७८ को मध्यावधी समिक्षा मार्फत बजेटको स्रोत र खर्चको अनुमानित लक्ष्य संशोधन गरेको छ । कोरोना महामारीले अर्थ व्यवस्थामा प्रभाव पारेको भन्दै अर्थमन्त्रालयले गतसाता बजेट घटाएको हो । तर मन्त्रालयले चालू वर्षको आर्थिक बृद्धिको लक्ष्य भने संशोधन गरेको छैन । यसलाई अर्थशास्त्रीले भने सरकारले जनतालाई झुक्याउन खोजेको आरोप लगाएका छन् । कोरोनाका कारण गत वर्ष घटेको आर्थिक बृद्धि यो वर्ष ३.५ देखि ४ प्रतिशतसम्म मात्र हाँसिल हुने अर्थशास्त्री केशव आचार्यको बुझाई छ ।
आर्थिक बृद्धिबारे अर्थशास्त्री आचार्यको थप विश्लेषण तलको भिडियो सामाग्रीमा :