आइएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश दिने
काठमाडौं, ५ फागुन । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६–०७७ को सञ्चित मुनाफबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरणको घोषणा गरेको हो ।
प्रस्तावित लाभांश मध्ये ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पेश गरिने छ।