Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

५० देशमा रहेका ६० हजार ६३० नेपालीमा कोरोना संक्रमण

५० देशमा रहेका ६० हजार ६३० नेपालीमा कोरोना संक्रमण

काठमाडौं, ९ फागुन । कोरोना महामारी शुरू भएयता हालसम्म विदेशमा रहेका साढे ६० हजारभन्दा बढी नेपाली संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझसम्ममा ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना संक्रमण मुक्त भएका छन्, जुन ९७ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा एक जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संक्तया ३३६ जना पुगेको छ ।

कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७३ हजार २६३ जना छ भने २ लाख ६९ हजार ६१९ जना अर्थात् ९८.७ प्रतिशत कोरोनाबाट मुक्त भएका गैरआवासीय नेपाली संघ, कोभिड–१९ उच्चस्तरीय समितिले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x