मुक्तिनाथ विकास बैंकद्वारा अनलाईन भर्चुअल सहायता सेवा सुरु
काठमाडौं, ९ फागुन । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘आक्स मुक्ति भाई’ नामक भर्चुअल अनलाइन सहायता सेवा सञ्चालनमा ल्याएको छ ।
यो भर्चुअल सहायता सेवामार्फत ग्राहकहरुले छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाहरुबारे जानकारी पाउन सक्ने छन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ घण्टा लिन सक्ने जनाइएको छ । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।