Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

विकास लक्षित पूँजीगत खर्च २० प्रतिशत नजिक

विकास लक्षित पूँजीगत खर्च २० प्रतिशत नजिक

काठमाडौं, १४ फागुन । विगतका वर्षमा जस्तै यस वर्ष पनि सरकारको पू्ँजीगत खर्चको प्रगति सुस्त पाइएको छ । पूँजीगत बजेट खर्च निराशाजनक हुने गरेको विगतको जस्तो समस्या चालू आवमा पनि दोहोरिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । विकास लक्षित पूँजीगत खजेट खर्च नहुँदा निर्धारित विकास निर्माण योजनाको काम प्रभावित बन्ने गरेका छन् ।

चालू आर्थिक वर्षको फागुन १३ गतेसम्ममा सरकारको पूँजीगत बजेटको खर्च प्रगति करीब २० प्रतिशत मात्र रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । बिहीवारसम्ममा कुल पू्ँजीगत बजेट खर्च १९.७९ प्रतिशत मात्र रहेको छ । सो अवधिमा पूँजीगत खर्च ६९ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले कुल पू्ँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीवारसम्ममा चालू खर्च भने कुल विनियोजित बजेटको ४५ प्रतिशत रहेको छ । सो अवधिमा कुल ४ खर्ब २६ अर्ब ४३ करोड ४८ लाख रुपैयाँ चालू खर्च भएको कार्यालयको तथ्यांकले देखाएको छ । चालू आवमा सरकारले चालू खर्च ९ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ छुट्याएको छ ।

यस्तै सोही अवधिमा वित्तीय व्यवस्थातर्फ १९.१९ प्रतिशत खर्च भएको छ । यस शीर्षकमा चालू आवको बजेट १ खर्ब ७२ अर्ब ७८ करोड रुपैयाँ रहेको छ, जसमध्ये बिहीवारसम्ममा कुल ३२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x