एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाख भुक्तानी
काठमाडौं, १४ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता भएका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलका ५७ वर्षीय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले यो योजनाअन्तरगत खातावालालाई बचतसँगै एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यही अनुरुप बैंकले उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।
हाल बैंकले ३५२ शाखा कार्यालयहरू, ४७१ एटीएम, ७५ वटा विस्तारित काउण्टर र ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।