सेयर बजारमा गिरावट
काठमाडौं, २८ फागुन । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजारमा गिरावट आएको छ । आज बजार ७.०८ अंकले घटेको छ। आज एक सय ५४ कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक २०.९४ अंकले बढेको छ भने होटल समूहको परिसूचक सबैभन्दा बढि ३५ अंकले घटेको छ । सो दिन एभरेष्ट बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
बजार हिजो ३१ अंकले घटेको थियो ।