Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रभु क्यापिटलले ल्यायो नयाँ डिम्याट योजना

प्रभु क्यापिटलले ल्यायो नयाँ डिम्याट योजना

काठमाडौं, १६ फागुन । प्रभु क्यापिटलले नयाँ डिम्याट योजना सार्वजनिक गरेको छ । क्यापिटलले ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ नामक योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत डिम्याट लिने ग्राहकले मेरोशेयर निःशुल्क रुपमा पाउने, डिम्याटको ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने अर्थात ८ वर्षको आफै नवीकरण हुने र पीएमएस सेवामा ५० प्रतिशत छुट प्रदान हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस सेवाको लागि ग्राहकले एकमुष्ट ९ सय ९९ रुपैयाँ तिर्नु पर्ने छ ।

नयाँ डिम्याट खाता खोने ग्राहक तथा नविकरण गर्ने ग्राहकहरुले पनि यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न हुन् सक्ने भएका छन् । क्यापिटलले अनलाइन मार्फत पनि डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x