Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

७९ अंकले घटेको बजारमा ८ अर्ब ३५ करोडको कारोबार

७९ अंकले घटेको बजारमा ८ अर्ब ३५ करोडको कारोबार

काठमाडौं, १६ फागुन । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ७९.७४ अंकले घटेर बन्द भएको छ । आज परिसूचक घटेर २४७४.३९ विन्दुमा रोकिएको हो । गत कारोबारको तुलनामा परिसूचक ३.१२ प्रतिशतले घटेको छ ।

आज ८ अर्ब ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर खरिद विक्री भएको छ ।

आज होटल तथा पर्यटन समूहको परिसूचक ०.५४ अंकले वृद्धि भएको छ भने बाँकी समूहहरुको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा लगानी समूह रहेको छ । यो समूहको परिसूचक ४.१३ प्रतिशतले घटेको छ ।

आज चन्दागिरि हिल्सका लगानीकार्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x