Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई १ अर्ब ८ करोड बजेट निकासा

निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई १ अर्ब ८ करोड बजेट निकासा

काठमाडौं, १९ फागुन । अर्थ मन्त्रालयले ११३ ओटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रूपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासाका लागि स्वीकृति दिएका हुन् ।
स्थानीय तहका सबै वडामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६२६ ओटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्न भएको आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको छ ।
अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो । सोही अनुसार गत मङ्सिर १५ गते ३ सय ८ ओटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x