Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दोस्रो चरणको खोप २० दिनसम्म सञ्चालन हुने

दोस्रो चरणको खोप २० दिनसम्म सञ्चालन हुने

काठमाडौं, २० फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्धको खोप दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिए । उनले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गरे ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो । सो अवसरमा खोप नेपालको कूल जनसङ्ख्याको १।४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सोमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनालाई खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x