Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेप्से परिसूचक २१ अंकले घट्यो, ५ अर्बको शेयर कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ५ अर्बको शेयर कारोबार

काठमाडौं, २३ फागुन । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ विन्दुमा झरेको छ । नेप्से परिसूचक घटेसँगै ५ अर्बको शेयर कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूह र हाईड्रोपावर समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन समूहको परिसूचक २.२४ प्रतिशत र हाईड्रोपावर समूहको परिसूचक ०.९२ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा उद्योग समूह छ । यो समूहको परिसूचक ४.२४ प्रतिशतले घटेको छ ।

आज २११ कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर लिमिटेडको भएको छ । यो कम्पनीको ४२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

आज सर्वाधिक शेयर मूल्य वृद्धि चन्द्रागिरि हिल्स, नेपाल हाईड्रो डेभलोपर्स लिमिटेड र राईरङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x