संघीय संरचनामा विकासको मोडल परिमार्जन गर्न विश्व बैंकको सुझाव
काठमाडौं, ३० फागुन । सङ्घीय संरचनामा द्रुततर आर्थिक विकास र गरिबी निवारणका लागि नेपालले विद्यमान विकासको मोडल परिवर्तन गर्न विश्व बैङ्कले सुझाव दिएको छ ।
बैङ्कले मङ्गलबार ‘सिस्टमेटिक कन्ट्री आइग्नोस्टिक २०१८’ प्रतिवेदन सार्वजनिक गर्दै शक्ति सन्तुलन तथा अवसरको असमानताका कारण स्रोतको उपयोग हुन नसकेको र प्राकृतिक विपत्तिको अवस्थामा सामाजिक सुरक्षाको अवस्था कमजोर रहेकोले पनि मोडल परिवर्तन गर्नुपर्ने तर्क प्रस्तुत गरेको हो । अर्थ मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
प्रतिवेदनमा विश्व बैङ्कले अहिलेकै दरमा प्रतिव्यक्ति आम्दानी सन् २०३० सम्म ९५८ डलरमात्र पुग्ने तथ्य प्रस्तुत गरेको छ । न्यून आम्दानी भएका देशका हैसियतले नेपालका लागि द्रुत दरको आर्थिक वृद्धि आवश्यक पर्ने उल्लेख गरिएको छ।