मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दृष्टि आइ केयर सिस्टममा २० प्रतिशत छुट
काठमाडौं, ४ चैत । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्ड वाहक ग्राहकहरुलाई थप सेवा दिनदृष्टि आइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्ड वाहक ग्राहकहरुले दृष्टिआइ केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँयाबानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।