डाबर नेपालले उत्पादन गर्दै आएको स्यानिटाइजरमा प्रतिबन्ध
काठमाडौं, ६ चैत । औषधि व्यवस्था विभागले बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन गर्दै आएको स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । डाबरको एक लिटर र ७५ मिलिलिटरको ह्यान्ड स्यानिटाइजर न्यून गूणस्तरको पाइएपछि विभागले उत्पादन तथा बिक्री रोक्का गरेको हो ।
बजार अनुगमनका क्रममा स्यानिटाइजरको नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा न्यून गूणस्तरको पाइएको विभागले जनाएको छ। औषधि व्यवस्था विभागले उद्योगलाई बजारबाट स्यानिटाइजर फिर्ता लिन निर्देशन दिएको छ । विभागका अनुसार ती स्यानिटाइजरमा मापदण्डअनुसार अल्कोहल नपाइएको उल्लेख छ ।