Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौंमा ‘पिइटी कलेक्सनबिन’ राख्दै

कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौंमा ‘पिइटी कलेक्सनबिन’ राख्दै

काठमाडौं, ६ चैत । विश्व रिसाइक्लिङ दिवसको अवसरमा कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौं उपत्यकामा १० वटा सूचनामूलक पिइटी कलेक्सन बिन स्थापना गर्ने भएको छ । उक्त कार्यको सुरुवात स्थानीय अधिकारीहरुको सहकार्यमा २०२० को अगष्टमा शुरु भएको थियो ।
‘रिफ्रेस एन्ड रिसाइकल’ अभियान भनेको प्रयोग भइसकेका बोतलहरू संकलन गर्ने अभियान हो । यो अभियानले मानिसमा जागरुकता जगाउने र समुदायलाई प्रयोग भइसकेका बोतलहरूलाई प्रशोधन गरेपछि पुनः प्रयोगका लागि योग्य हुन्छन् भन्ने बारे शिक्षा दिने काम रहेको कम्पनीले जनाएको छ ।

यसअघि प्रयोग भएका बोतलहरू राख्नका लागि स्वयम्भूनाथ स्तूपा, बौद्ध स्तूपा, पाटन अस्पताल, पाटन ढोका, पाटन दरबार स्क्वायर, त्रिभुवन विश्व विद्यालय र ललितपुर नगरपालिकाका सार्वजनिक पार्क जस्ता बाक्लो जनसंख्या भएका क्षेत्रमा राखिएको थियो । यीक्षेत्रमा यस्ता प्रयोग भइसकेका बोतलहरू प्रायः डिस्पोज गर्ने गरिन्छ ।

यस अभियानकै माध्यमबाट उपभोक्ताहरुलाई यी क्षेत्रहरूमा भएका बेला उनीहरूले प्रयोग गर्ने बोतललाई प्रयोगपछि पिईटी संकलन बिनमा राख्न प्रोत्साहित गरिने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x