Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सिंगटी हाइड्रोको आईपीओमा आवेदन खुला

सिंगटी हाइड्रोको आईपीओमा आवेदन खुला

काठमाडौं, ६ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शुक्रवार (आज)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

आईपीओमा आवेदन छिटोमा चैत १० र उक्त समयमा विक्री नभएमा चैत २० गतेसम्म दिन सकिने छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्ने आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x