Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

कोभिड–१९को खोप र महामारीको लागि नेपाललाई विश्व बैंकको ८.७ अर्ब सहयोग

कोभिड–१९को खोप र महामारीको लागि नेपाललाई विश्व बैंकको ८.७ अर्ब सहयोग

काठमाडौं, ६ चैत । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समता मुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैंया) बराबरको वित्तिय सहयोग अनुमोदन गरेको छ । यो सहयोगबाट समतामुलक वितरण योजना को माध्यमबाट कम्तिमा एक तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको छ।

गतवर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैंया) बराबरको कोभिड१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड(१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।

यस नविन वित्त सहयोगको अधिकांश हिस्सा ९९० प्रतिशत० कोभिड(१९का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्याबाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ । बाँकी रकमले कोभिड–१९ खोपका पहलहरूलाई सघाउन र कोभिड(१९सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याईनेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ । साथै यस अतिरिक्त वित्तपोषणले सामुदायिक संलग्नता र जोखिम संचारमा पनि सहयोग पुर्‍याउनेछ र हाल मौजूद डिजिटल प्रविधिमा आधारित महामारी सम्बन्धि तथ्यांक, निगरानी तथा अनुगमन प्रणालीलाईपनि सुदृढ तुल्याउने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x