तीन कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं, १० चैत । मंगलबार (आज) तीन वटा कम्पनीको शेयर मूल्य समायोजना भएको छ । आज डिप्रोक्स लघुवित्त वित्तीय संस्था, महुली समुदायिक लघुवित्त वित्तीय संस्था र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर वितरणपश्चात मूल्य समायोजना भएको हो ।
डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस शेयर वितरणपश्चात मूल्य समायोजन गरी प्रतिशेयर मूल्य १ हजार ७२० रुपैयाँ कायम गरिएको छ । यस अघि डिप्रोक्सको शेयर मूल्य १ हजार ९७८ रुपैयाँ थियो ।
त्यस्तै महुली सामुदायिकको पनि २० प्रतिशत बोनस शेयर वितरण पश्चात मूल्य समायोजना गरी प्रतिशेयर मूल्य २ हजार १८८ रुपैयाँ कायम गरिएको छ । यस अघि यो कम्पनीको शेयर मूल्य २ हजार ६२५ रुपैयाँ थियो ।
साग्रिला डेभलपमेन्ट बैंकको पनि ५ प्रतिशत बोनस शेयर वितरणपश्चात मूल्य समायोज गरिएको हो । यो कम्पनीको शेयर मूल्य प्रतिशेयर २०२ रुपैयाँमा समायोजना गरिएको छ । यस अघि यो बैंकको प्रतिशेयर मूल्य २१२ रुपैयाँ रहेको थियो ।