माछापुच्छ्रे बैंकको सहयोगमा लैनचौर र प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाईट जडान
काठमाडौं, १० चैत । माछापुच्छ्रे बैंक लिमिटेडले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ । सोमबार एक कार्यक्रमका आयोजना गरी बैंकका संचालक रोशन केसी र विश्व प्रकाश गौतमले उक्त ट्राफिक लाईटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
ट्राफिक लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाईटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक लाईटहरु हस्तान्तरण गरेको बताए । सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक भट्टराईले माछापुच्छ्रे बैंकले प्रदान गरेका ट्राफिक लाईटहरुले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।