Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सिद्धार्थ इन्स्योरेन्सले १५.७८ प्रतिशत लाभांश दिने

सिद्धार्थ इन्स्योरेन्सले १५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं, १२ चैत । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ३.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित बोनस शेयर तथा नगद लाभांश बीमा समितिबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी साधारण सभामा पेश गरिने छ । त्यहाँबाट पारित गरेपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ। बोनस वितरणपछि भने १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x