बुधबार सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, २५ चैत । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार मंगबलार छापवाला सुन तोलामा ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा ८७ हजार पाँच सय ५० रुपैयाँ मा कारोबार भइहरेको छ ।
चाँदीको मूल्य आज १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोलामा एक हजार दुई सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।