Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

‘फाइभजी’ इन्टरनेट सेवा परीक्षणको तयारी

‘फाइभजी’ इन्टरनेट सेवा परीक्षणको तयारी

काठमाडौं, ३१ चैत । सरकारले फाइभजी इन्टरनेट सेवा परीक्षणको तयारी अघि बढाएको छ । सोमवार काठमाडौंमा आयोजित ‘दूरसञ्चार नीतिगत बहस शृंखला’मा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले ‘फाइभजी’ सेवाको परीक्षण गर्ने निर्णय भइसकेकाले चाँडै नै परीक्षण गरिने बताएका हुन् ।

मन्त्री गुरुङले नेपालमा फ्रिक्वेन्सीलाई व्यवस्थित बनाउन राष्ट्रिय रणनीतिक योजना तयार पार्न थालिएको जानकारी दिए । ‘फ्रिक्वेन्सी भनेको प्राकृतिक रहेकाले सबैलाई उपलब्ध गराउने हिसाबले यसलाई के कसरी बाँडफाँट गर्न सकिन्छ भन्नेमा हामी अध्ययनमा छौं,’ उनले भने, ‘फ्रिक्वेन्सी सबैले पाउने गरी व्यवस्थित गर्दछौं ।’

मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित गर्दै देशको अर्थतन्त्र सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । नेपालको दूरसञ्चार क्षेत्रको विकास र सबलीकरणका लागि नीतिगत सुधारमा सरकार लागिपरेको उल्लेख गर्दै दूरसञ्चार सेवाको क्षेत्रमा अहिले (दोहोरापन) डुप्लिकेशन, राजश्व चुहावट लगायतका समस्या रहेकाले नियमन गर्न जरुरी रहेको उनको भनाइ थियो ।

मन्त्री गुरुङले सरकारले डिजिटल नेपालको अवधारणा ल्याउन थालिएको जानकारी दिदैं ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि दूरसञ्चार प्रदायक कम्पनीेले महत्वपूर्ण योगदान दिनुपर्ने बताए । दूरसञ्चारलाई एउटा छुट्टै पूर्वाधार कम्पनीका रुपमा विकास गर्न आफू लागिपरेको बताउँदै डेटा सुरक्षा र अनलाइन व्यापारलाई व्यवस्थित गर्न स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x