Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

साओमीले ल्यायो एमआई टिभी स्टिक

साओमीले ल्यायो एमआई टिभी स्टिक

काठमाडौं, २ बैशाख र स्मार्टफोन ब्रान्ड साओमीले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेटको रूपमा एमआई टिभी स्टिक नेपाली बजारमा ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०७८ को पहिले दिन पारेर कुनै पनि ननस्मार्ट टिभीलाई स्मार्ट टिभीमा रूपान्तरण गर्ने लक्ष्यसहित टिभी स्टिक ल्याउन ल्याएको बताएको छ।

एन्ड्रोइड टिभी ९.० द्वारा सञ्चालित एमआई टिभी स्टिकले गुगल प्लेमार्फत ५ हजारभन्दा बढी एप्स र गेमहरूको पहुँच प्रदान गर्ने जनाइएको छ। एमआई टिभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन रहेको कम्पनीले जनाएको छ।

यसमार्फत प्रयोगकर्ताले अब कुनै पनि टिभीमा पूर्ण एचडी रेजोलुसनमा हजारौं घन्टा मनोरञ्जन तथा सूचना लिन सक्ने कम्पनीले जनाएको छ । टिभी स्टिकलाई ३० सेकेन्डभन्दा कममा जडान गर्न सकिने कम्पनीको दाबी छ। यसमा ग्याजेटमा सिनेमाजस्तो अनुभवका लागि डोल्बी र डिटिएस अडियो कम्प्रेसन प्रविधि रहेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *