Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

९ महिनामा पूँजीगत बजेट २९ प्रतिशत मात्र खर्च

९ महिनामा पूँजीगत बजेट २९ प्रतिशत मात्र खर्च

काठमाडौं, २ वैशाख । चालू आर्थिक वर्षको ९ महिना अवधिमा विकास लक्षित पूँजीगत खर्च २९ प्रतिशत मात्र खर्च भएको छ । कुल विनियोजित बजेटमध्ये यस अवधिमा १ खर्ब तीन अर्ब १२ करोड ९४ लाख रुपैयाँ खर्च भएको हो । चालू आवका लागि पूँजीगत खजेट ३ खर्ब ५२ अर्ब ९१ करोड रहेकोमा बजेटको अर्धवार्षिक समीक्षामा गरिएको संशोधनपछि २ खर्ब ८३ अर्ब रुपैयाँ कायम भएको छ ।

गत आवको सोही अवधिमा २६ प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब ५९ करोड पूँजीगत खर्च भएको थियो । गत आवमा पूँजीगततर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

चैत मसान्तसम्ममा चालू खर्च भने ५५ प्रतिशत अर्थात् ५ खर्ब २५ अर्ब ९४ करोड रुपैयाँ भएको छ । चालू आवका लागि चालू शीर्षकको बजेट ९ खर्ब ४८ अर्ब ९४ करोड रहेकोमा संशोधनपछि ९ खर्ब १४ अर्ब ७८ करोड कायम भएको छ ।

सोही अवधिमा वित्तीय व्यवस्थापनतर्फ ३३ प्रतिशत अर्थात् ५७ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ खर्च गरिएको छ । वित्तीय व्यवस्थाको लागि १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख बजेट रहेकोमा संशोधनपछि १ खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँमा सीमित छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x