Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोका–कोला र नेपाल सेनाले हिमाल सफाई अभियानमा सहकार्य गर्ने

कोका–कोला र नेपाल सेनाले हिमाल सफाई अभियानमा सहकार्य गर्ने

काठमाडौं, ६ बैशाख । कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग सहकर्या गरेका छन् । हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो संस्करण हो। यो मल्टि स्टेक होल्डर कार्यव्रmमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्धेश्य रहेको छ।

हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले कोका–कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको बताए । २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक “सगरमाथा हिमाल सफाई अभियान २०७६” नामक पहिलो हिमाल सफाई अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८ सय ९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६ सय ९४ किलोको फोहोर संकलन गरिएको थियो।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको प्रशंसा गरे ।

यस्तै नेपालका कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले आफूहरुको लक्ष्य भनेको सन् २०३० सम्ममा हामीले बेची सकेको हरेक बोतल रिसाइकल गर्नु रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x