Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सिभिल बैंकको नाफा ३९ प्रतिशतले बढ्यो

सिभिल बैंकको नाफा ३९ प्रतिशतले बढ्यो

काठमाडौं, ९ वैशाख । सिभिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा सूचकमा सुधार देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि निष्क्रिय कर्जा घटेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.४३ प्रतिशबाट घटेर १.१३ प्रतिशतमा सीमित भएको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ६२.१७ प्रतिशत घटेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.८७ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *