गुनासो सुन्न राष्ट्र बैंकद्वारा छुटै पोर्टल संचालनमा

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले गुनासो सुन्नका लागि छुटै पोर्टल संचालनमा ल्याएको छ। राष्ट्र बैंकबाट इजाजतपत्र र अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था र एजेन्टले प्रदान गर्ने सेवा प्नेतथा कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ पोर्टल सञ्चालनमा ल्याइएको जनाएको छ।
http://gunaso.nrb.org.np यस पोर्टलमा गुनासो दर्ता गरेपछि गुनासो दर्ता भएको जानकारी र दर्ता नं इमेल मार्फत प्राप्त हुनेछ । गुनासो दर्ता नं द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सक्नेछ भने दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइने जानकारी दिइएको छ।